झापा, ३२ जेठ । झापामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा गौरीगञ्ज गाउँपालिकाका २१ वर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित युवा केहीदिन अगाडी भारत दिल्लीबाट फर्किएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । उनीहरु स्थानीय क्वारेन्टिनमा बसेका थिए । योसँगै झापामा कोरोना संक्रमित हुनेको कुल संख्या १७५ पुगेको छ ।
जिल्ला सबैभन्दा धेरै संक्रमित कचनकवल गाउँपालिकाका रहेका छन् । कचनकवलमा १ सय २७ , दमक १, बाह्रदशी ७, गौरीगञ्ज १६ , गौरादह ४, कमल १, अर्जुनधारा २, भद्रपुर ३ जना, झापा १, मेचीनगर २, बुद्धशान्ति ५, कनकाई ३, शिवसताक्षी १ र हल्दिवारी २ पुगेको जनाइएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार झापामा उपचार पछि निको भएर ११९ जना घर फर्किएका छन् ।