adv
Advertise Expired !

अब मोटरसाइकल र स्कुटरमा पनि जोर-विजोर प्रणाली

काठमाडौं १ असार। लकडाउन केहि खुकुलो भएसंगै अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ ।

सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने बुझाइ देखिएकाे थियाे । तर, पुन: ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले भने, ‘हामीलाई स्पष्ट निर्देशन आइसकेको छ, अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुन्छ ।’

दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम पनि यथावत नै रहेको उनले बताए । यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गरेको थियो । सरकारले निजी चार पांग्रेमा चालकसहित दुई जना चढ्ने अनुमति दिएको छ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु