adv

मेचीनगरमा जनचेतनामुलक र्यालीसहित बजार अनुगमन

मेचीनगर ,१ असार । झापाकाको मेचीनगरमा सोमबार जनचेतनामुलक र्यालीसहित बजार अनुगमन गरिएको छ । सरकारले असार १ गतेदेखि लकडाउनलाई खुकुलो बनाए लगत्तै यसको प्रभावकारी कार्यान्वयनका लागि नगरका उद्योगी व्यवसायीहरुलाई लकडाउन पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गदैं र्यालीसहित बजार अनुगमन गरिएको हो ।

मेचीनगर नगरपालिका, मेची उद्योग बाणिज्य संघ र इलाका प्रहरी कार्यालय धुलावारीको संयुक्त आयोजनामा मेचीनगरको मुख्यः व्यपारिककेन्द्र धुलावारीमा कार्यक्रम आयोजना गरिएको हो ।

विभिन्न चेतनामुलक नारासहितको प्लेकार्ड र व्यानर बोकेर सहभागीहरुले धुलाबारी बजारको परिक्रमा गरेका थिए । नेपाल सरकारद्वारा निषेध गरिएका बाहेक सम्पूर्ण उद्योग व्यवसाय विहान ८ देखि साँझ ५ बजेसम्म सञ्चालन गर्न उद्योगी व्यवसायीहरुको छाता संगठन मेची उद्योग बाणिज्य संघले अनुगमनका क्रममा  नगरका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको थियो ।

उद्योग व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम राख्न, व्यवसायीले अनिवार्य मास्कको प्रयोग गर्न साथै मास्क प्रयोग नगरेका ग्राहकलाई सामान विक्री वितरण नगर्न, व्यवसाय स्थलमा साबुन पानीले हात धुने व्यवस्था गर्न वा स्यानिटाइजरको प्रयोग गर्न, दैनिक उपभोग्य वस्तुको मुल्यसूची राख्न, कारोवार गर्दा वील विजकको प्रयोग गर्न, होटल तथा रेष्टुरेन्ट बाट प्याकिङ् सामग्री विक्री वितरण सेवा सञ्चालन गर्न, हाट बजार सैलुल पार्लर, पार्टी प्यालेस आदि व्यवसाय सञ्चालन नगर्न तथा साइकल वा मोटर साइकलमा चालक मात्र एकजना सवार गर्न अनुगमन टोलीले सम्बन्धित पक्षलाई भनेको छ ।

यदि उल्लेखित मापदण्ड पुरा नगरेमा तथा नेपाल सरकारद्वारा निषेध गरिएका सेवा तथा कार्यहरु गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ । टोलीले धुवारीमा साप्ताहिकरुपमा हरेक साताको सोमबार लाग्ने सवैखाले हाटबजार बन्द गराएको टोलीमा संलग्न इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक कैलाश चौधरीले जानकारी दिनुभयो दिए ।

अनुगमन टोलीमा प्रहरी निरीक्षक चौधरीसहित मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, सचिव रविचन्द्र नेपाल, मेचीनगर नगरपालिकाका खाद्य अधिकृत तथा सामाजिक विकास शाखा प्रमुख दीपेन्द्र कार्की विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि विभिन्न वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु