adv

प्रदेश १ मा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट सार्वजनिक

झापा,१ असार । प्रदेश १ सरकारले आगामी आर्थिक बर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सोमबार सार्वजनिक गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले  सोमबार प्रदेश सभा भवन विराटनगरमा उक्त रकम बराबरको बजेट सार्वजनिक गरेका हुन्।

बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत विनियोजन गरिएको छ।

वित्तीय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ रहेको छ। अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ।

उक्त बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारको छ।

गत वर्ष प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु