adv

मेचीनगरमा थप १ जनामा कोरोना पुष्टि,झापामा संक्रमित संख्या १७६ पुग्यो

मेचीनगर,१ असार । झापाको मेचीनगरमा थप १ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ ।

संक्रमित हुने मेचीनगर ५ का २२ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए

उनि  मेचीनगर वडा नं ५ को बाल कल्याण माविको क्वारेन्टिनमा रहदै आएका थिए  । उनि गत जेठ २७ गते भारतबाट आएका हुन् र २७ गते नै उनको स्वाब संकलन गरेर बिराटनगर परिक्षणको लागि पठाईएको थियो ।

योसंगै मेचीनगरमाकोरोना संक्रमितको संख्या ३ जना पुगेको छ यसअघि भद्रपुरमा ४, कनकाई ३, अर्जुनधारा २, दमक १, गौरादह ४, शिवसताक्षी १, बुद्धशान्ति ५, हल्दिवारी २,कचनकवल १२६, कमल १, गौरीगञ्ज १६, बाह्रदशी ७ र झापा गापामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यो संगै झापामा कुल संक्रमितको संख्या १७६ पुगेको छ । देशभरी ६२११ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु