मेचीनगर,२ असार । नेपालको पुर्बी नाका काकरभिट्टामा स्वतन्त्र युवाहरूको समूहले सरकार विरूद्ध विराेध प्रदर्शन गरेकाे छ ।
स्वतस्फूर्त रूपमा निस्किएका युवाहरूले भौतिक दुरी कायम गर्दै कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको कदम प्रभावकारी नभएको भन्दै मंगलबार काकरभिट्टामा खबरदारी सहित बिरोध प्रदर्शन गरेका हुन् ।
१०० प्रतिशत पिसीआर परिक्षण गर्नु पर्ने, कोरोनाको नाममा भ्रष्टचार गर्नेलाई कार्वाही गर्नु क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने,रुकुम घटनाको पिडितलाई न्याय दिनुपर्ने ,फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, स्वास्थ्यकर्मी , सुरक्षाकर्मीलाई र सरसफाईकर्मिको स्वास्थ्यको जिम्मा लिनुपर्ने माग गर्दै उनीहरुले शान्तिपूर्ण प्रदर्शन गर्दै सरकारलाई खबरदारी गरेका हुन् ।
उनीहरुले “सधैँ खान्छौ नुन, तेल, बेसार भन्देउ न प्रधानमन्त्री, कहिले आउने हो पिसिआर?”, “समुदाय सचेत छ, मास्क लगाउँछ, हात धुन्छ, दुरीमा बस्छ राज्य अचेत छ, गर्नैपर्ने केही गर्दैन, गर्नै नहुने सबै गर्छ” , “म नवराज बि.के. कोरोना लाग्थ्यो, लाग्दैनथ्यो, के थाहा ? जात लाग्यो र पो मार्यो खेदेर, कुटेर, बगाएरै मार्यो “,”प्रेमको गला रेट्छौ, मुनामदनको गीत गाउँछौ सपनाको घाँटी निमोठ्छौ, समृद्धिको कथा हाल्छौ ए साथी भन न, कहिलेसम्म ढोङ्ग बाँच्छौ ?’” कोरोनाले जति मार्यो, सरकारी लापर्वाहीले त्यति नै क्षति गर्यो,” “१०० प्रतिशत पिसिआर” आदि लेखेका प्ले कार्ड सहित प्रदर्शन गरेका थिए ।
“सरकार तिम्रो जस्तो नचल्ने पिसिआर हामीसंग छ” लेखिएको पिसिआरको डमी बनाएर प्रदर्शन गरिएको थियो । साथै युवाहरु अंकुश अधिकारी ,अभय पोख्रेल र छितेन् शेर्पा र उज्वल प्रसाइले सरकार बिरुध्द विभिन्न व्यंगात्मक कविताहरु र आफ्ना भनाइहरु राखेका थिए ।
काकरभिट्टाको भट्टराई चोकदेखि सुरु भएको र्यालीले काकरभिट्टा बसपार्क परिक्रमापछी मानव साङ्लो वनाएर प्रदर्शन गरेका हुन् ।
त्यस्तै झापाको धुलाबारीका युवाहरुले पनि सरकार बिरुद्ध भद्र प्रदर्शन गरेका छन । सरकारका बिरुद्ध लेखिएका बिभिन्न नारा सहितका प्ले कार्ड सहित धुलाबारी चोकमा प्रदर्शन गरेका हुन्
प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार खाँदा मानिसको प्रतिरोधी क्षमता बढ्छ र कोरोना लाग्दैन भनेर सार्वजनिक रुपमा दिएको अभिब्यक्तिलाई ब्यङ्य गर्दै कोरोनाको दबाई भन्दै बेसारको प्याकेट नै बाँडेका थिए ।