adv

तेक्वान्दो खेलाडी दिपेनले बाँडे सेनेटरी प्याड र स्वास्थ्य सामाग्री

बिर्तामोड । झापाका तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी दिपेन धिमालले अर्जुनधारा क्वारेन्टिनमा रहेका महिलाका लागि सेनेटरी प्याड प्रदान गरेका छन् ।

धिमालले अजुनधारा नगरपालिका शनिचरे मा.वि काे क्वारेन्टिनमा रेहका १५ जना महिलाका लागि ३० प्याकेट सेनेटरी प्याड  निशुल्क सेनेटरी प्याड वितरण गरेका हुन् । क्वारेन्टिनमा रहेका महिलाहरुलाई महिनावारी हुँदा उनीहरुको स्वास्थ्यमा आईपर्ने समस्यालाई मध्यनजर गरी सेनेटरी प्याड वितरण गरिएको उनले बताए ।

साथै क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई पनि सर्जिकल मास्क र एक दर्जन साबुन पनि प्रदान गरेका छन् ।

अर्जुनधारा नगरपालिका वडा न.९ का स्थानीय बासिन्दा दिपेनले यसअघि पनि  लकडाउनका बेला समस्यामा परेका विपन्न २ सय परिवारलाई राहतस्वरुप खाद्यान्न सामग्री उपलब्ध गराएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु