झापा,५ असार । झापाको दमकमा आज शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमण पुष्टि हुनेमा झापाको दमक नगरपालिकाकी २९ बर्षीय महिला हुन् । उनि जेठ २९ गते कुबेतबाट नेपाल फर्किएकी हुन् । संक्रमितको असार ५ गते पिसीआरका लागि स्वाब संकलन गरिएको थियो ।
उनि दमकको सिएमए क्याम्पसको क्वारेन्टिनमा रहदै आएकी थिईन् । योसंगै झापामा कोरोना संक्रमितको संख्या १८२ पुगेको छ । देशभरी ८ हजार २७४ पुगेको छ ।