adv

नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुग्यो,१४०२ जना निको भए

झापा,५ असार ।नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा  थप ४२६ जनामा कोरोना स्पुष्टि भए संगै संक्रमित संख्या ८ हजार २७४ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थपिएका संक्रमितहरु झापाका १, मोरङका ३, सर्लाहीका ११, सप्तरीका ४, अछामका ८, बागलुङका १८, बैतडीका ६८, बझाङका ३, बाजुराका ८, धादिङका १, डढेलधुराका ९, मकवानपुरका २, म्याग्दीका १, तनहुँका १९, डोटीका १५, गोर्खाका ११, कैलालीका ४९, कास्कीका ८, काठमाडौँका ३, नवलपरासीका ४, सिन्धुपाल्चोकका २१ र पर्वतका ५ जना रहेका छन्।

यस्तै उदयपुरका २, सिन्धुलीका १, चितवनका १, मकवानपुरका ६, स्याङजाका ३, बागलुङका १४, अर्घाखाँचीका ६, गुल्मीका ३१, कपिलवस्तुका ४, रुपन्देहीका २ र  कञ्चनपुरका २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जसमा ७०७ जना महिला छन् भने ७५६७ जना पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा २ सय १६ जना डिस्चार्ज छन्  । जसमा ९ जना महिला र २०७ जना पुरुष रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४०२ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु