adv

अब लकडाउन गर्ने अधिकार अब प्रदेश सरकारलाई

काठमाडौं, ६ असार । प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको सिफारिसअनुसार सीसीएमसीको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी गर्नसक्ने निर्णय गरेको हो ।

सीसीएमसीद्वारा जारी विज्ञप्तिअनुसार क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन तथा प्रयोगशालाको क्षमता विस्तारका लागि प्रदेश सरकारमार्फत् विभिन्न पालिकाहरूलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड निकासा दिने निर्णय समेत बैठकले गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु