adv

ईलामको माईजोगमाईमा बालागुरु खेलमैदान र वन कार्यालयको भवन शिलान्यास

रोशन काफ्ले,ईलाम । इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँबजारमा दुई आयोजनाको शिलान्यास गरिएको छ । गाउँपालिकाको केन्द्रमा रहेको बालागरु खेलमैदान र वन कार्यालयको सव–डिभिजन भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।

प्रदेश सरकार र स्थानीय तहको संयुक्त लगानीमा निर्माण गरिने खेलमैदान र भवनको माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादूर राईले शिलान्यास गरेका थिए ।

प्रदेश सरकारको डिभिजन वन कार्यालय इलाम र माईजोगमाई गाउँपालिकाले संयुक्त लगानीमा ठेक्का मार्फत सव डिभिजन कार्यालयको भवन निर्माणको काम शूरु भएको हो ।

सव डिभिजन कार्यालयको भवन निर्माणको काम ३६ लाखमा ठेक्का लागेको डिभिजन वन कार्यालय इलामले जनाएको छ ।

त्यस्तै प्रदेश सरकार र गाउँपालिकाको लगानीमा बालागुरु खेल मैदानको निर्माणको काम पनि शुरु गरिएको छ ।

प्रदेश सरकारको लगानीमा बिषेश अनुदान मार्फत प्राप्त २० लाख र गाउँपालिकाको १५ लाखको बजेट विनियोजन भएको खेलमैदानको निर्माणको काम २६ लाखमा ठेक्का सम्झौता भएको छ । खेलमैदानको निर्माणको ठेक्का झरिपा निर्माण सेवासँग  सम्झौता भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु