adv

गोर्खा भर्ती केन्द्र खारेज गर्न विप्लवको माग

काठमाडौं,६ असार । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गोर्खा भर्तीकेन्द्र खारेजीको माग गरेका छन् । नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशकाविरुद्ध युद्धमा भाग लिने कार्य उचित र स्वीकार्य नभएको भन्दै भर्तीकेन्द्र खारेजीको माग गरेका हुन्।

शनिवार एक विज्ञप्ति जारी गर्दै उक्त कार्य असंलग्न राष्ट्रहरुले अबलम्बन गरेको सिद्धान्तविरुद्ध भएको समेत जिकिर गरेका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, ‘दुई समान छिमेकीकाबीचमा नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक छ।’ गोर्खा भर्ती देशका लागि लज्जजनक रहेको भन्दै युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न समेत उनले माग गरेका छन्।

उनले नेपाली युवाहरू कार्यरत गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरेका छन् ।

साथै नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु