दमक, ६ असार । झापाको दमक ३ मा फ्री इन्टरनेट जडान सुरु भएको छ । वडा सचिब सन्दिप सुबेदीका अनुसार चालु आर्थिक वर्षभित्रै सक्ने गरी वडा भित्र ४० स्थानमा फ्री इन्टरनेट जडान गर्ने कार्य सुरु भएको हो ।
वडा कार्यलयले सामाजिक कार्य अन्तर्गत ४ लाख को लागतमा पाच वर्षका लागि वल्ड लिङ्क सग सझौता गरी काम सुरु गरीएको छ । वडा वासीलाई आधुनिक प्रविधि संग जोडेर प्रबिधिमैत्री बनाउने उद्देश्यले वडामा फ्री इन्टरनेट जोडीएको वडा अध्यक्ष नबिन बरालले बताए ।
हाल सम्म १५ स्थानमा जडान कार्य सकिएको छ । अन्य स्थानमा जडान कार्य धमाधम भइरहेको र केही दिनमै सबै स्थानमा जडान गरी सकिने छ बरालले बताए ।
फ्री इन्टरनेट सेवा एउटा सेटमा ९० मिनेट र वल्ड लिङ्कका पुराना ग्राहाकले जति पनि चलाउन सकिने छ ।

