झापा,६ असार । झापामा थप एकजनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । संक्रमित पुष्टि हुने झापाको गाउँपालिका वडा नं ५ का ३१ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएकाे छ ।
उनि गत जेठ १९ गते भारतबाट आएका हुन् । उनि खजुरगाँछी माविकाे क्वारेन्टिनमा बसेका थिए ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । उनलाई उपचारका लागि मोरंगको गोठगाउँ पठाइएको जनस्वास्थ्य कार्यालय झापाका फोलक पर्सन जीवन चम्लागाईंले जानकारी दिए ।
यो संगै झापामा कोरोना संक्रमितको संख्या १८३ पुगेको छ । भने जिल्लामा १२६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

