adv

३३१ जना संक्रमित थपिंदा,नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुग्यो ,१५७८ जना निको भए

झापा,६ असार  ।नेपालमा शनिबार थप ३३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्  । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३३१ जना संक्रमित थपिएका हुन्  ।

संक्रमितहरु डोटी ६१, नवलपरासी पूर्व ३२,महोत्तरी २४, तनहुँ २३, बागलुङ २०, बैतडी १८, गुल्मी १८, पाल्पा १८, डडेलधुरा १२, झापा १, सुनसरी २, मोरङ ८, सर्लाही ९, बारा ४, कैलाली १, काठमाडौं १, नवलपरासी पश्चिम १, रामेछाप ३,रौतहट २,रुपन्देही १,धादिङ ८, भक्तपुर ७, स्याङ्जा १ रौतहट ५, कैलाली २,बाँके १४,बर्दिया ७,रुकुम पश्च‍िम १, दाङ ४ र प्यूठान ८ जना रहका छन् ।

जस मध्ये ४९ जना महिला र २८२ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । जसमा ७५६ जना महिला छन् भने ७ हजार ८४९ जना पुरुषहरु रहेका छन् ।

त्यस्तै  नेपालमा कोरोना संक्रमण निको भएर पछिल्लो २४ घन्टामा  १७६ जना डिस्चार्ज भएका छन् । जसमा १५८ जना पुरुष र १८ जना महिला रहेको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना जित्नेको संख्या १५ सय ७८ पुगेको छ । २ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने देशभरी ७४ जिल्लामा संक्रमण फैलिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु