adv
Advertise Expired !

भारतमा एकैदिन १५ हजार ४१३ संक्रमित थपिंदा संक्रमितको संख्या ४ लाख नाघ्यो

झापा, ७ असार । भारतमा काेराेना संक्रमितकाे संख्या चार लाख नाघेकाे छ । भारतकाे केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितकाे संख्या चार लाख नाघेकाे हाे ।

भारतमा बितेकाे चाैबिस घण्टामा मात्रै १५ हजार ४१३ संक्रमित थपिएका छन् । याे भारतमा एकै दिन संक्रमित थपिएकाे सबैभन्दा उच्च संख्या हाे ।

यस्तै बितेकाे चाैबिस घण्टामा ३०६ जनाकाे मृत्यु भएकाे छ । याे सँगै भारतमा अहिलेसम्म काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १३ हजार २५४ पुगेकाे छ ।

भारतमा अहिलेसम्म कुल संक्रमितकाे संख्या ४ लाख १० हजार ४६१ पुगेकाे छ। निकाे हुनेकाे संख्या २ लाख २७ हजार छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु