adv

झापाको अर्जुनधारामा ३ जनामा कोरोना संक्रमण पुष्टि

झापा,७ असार  । झापाको अर्जुनधारा नगरपालिकामा  एक बालिकासहित तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नगर स्वास्थ्य कार्यालय अर्जुनधाराका अनुसार जेठ २७ गते भारतको विहारबाट काँकरभिट्टा नाका भएर आएका २ वर्षीया एक बालिकासहित २२ बर्षीय  एक महिला र २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि हो  ।

उनीहरु नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा रहँदै आएका थिए । संक्रमित महिला र बालिका आमा छोरी हुन् ।

उनीहरुको जेठ ३ गते स्वाब संकलन गरिएको थियो । उनीहरुसँगै स्वाब संकलन गरिएका अन्य २४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

२४ जनाको रिपोर्ट शनिबार नै आए पनि तीन जनाको पीसीआर परीक्षणमा शंका लागेपछि पुनः परीक्षण गर्दा आइतबार दिउँसोमात्र रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

यो सँगै अर्जुनधाराका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसअघि यसै क्वारेन्टिनमा रहेका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु