adv

झापाको दमक र भद्रपुरमा थप ३ जनामा कोरोना पुष्टि,जिल्लामा संक्रमित संख्या १९२ पुग्यो

झापा, ८ असार । झापामा आज आइतबार  थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा भद्रपुर नगरपालिकाका दुई महिला र दमक नगरपालिकाका एक पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंका अनुसार भद्रपुर नगरपालिकाको हिमाली माविको क्वारेन्टिनमा रहेका दुई जना महिलामा संक्रमण पुष्टि भएको हो  । उनीहरु केही दिन अगाडी कुवेतबाट आएका हुन् ।

त्यस्तै दमक नगरपालिका वडा नं ४ का १ पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनी भारतबाट आएर नगरपालिकाले ब्यवस्था गरेको क्वारेन्टिनमा रहेका थिए ।

यो संगै  झापामा  कोरोना संक्रमितको संख्या १९२ पुगेको छ । हालसम्म निको भएर घर फर्किनेको कुल संख्या १३२ जना रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु