adv
Advertise Expired !

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो,सोमबार थपिए ५३५ नयाँ संक्रमित

झापा,८ असार ।  नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ ।  पछिल्लो २४ घण्टामा सोमबार थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कुल सख्या ९ हजार ५३५ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका नयाँ संक्रमितहरु मध्ये झापाका ३ , मोरङका १२, सप्तरीका १५ , धनुषाका १० , महोत्तरीका १,अछामका २ ,अर्घाखाँचीका ९ , बैतडीका १४ , डडेलधुराका १५, डोटीका ७ , गुल्मीका ५६ , जाजरकोटका १ , कैलालीका ५८ , नवलपरासीका ५ , सर्लाहीका ४७ ,सिन्धुपाल्चोकका २ , सिरहाका २३, स्याङजाका ३३ , पाल्पाका ९०, प्युठानका ३०, रौटहटका ३४ , रुपन्देहीका १० , चितवनका ५ , नवलपरासी पूर्वका २४ , ओखलढुंगाका १ , तनहुँका ११ र दाङका १३ जना रहेका छन् ।

त्यस्तै कोरोनाबाट निको हुनेको संख्या २ हजार १४२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणलाई जितेर ३ सय ७० डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पताल दाङबाट ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्प्तालबाट २८ जना, दैलेख अस्पताल दुल्लुबाट २६५ जना, सल्यान अस्पतालबाट ३७ जना, नारायणी अस्पताल विरगञ्‍जबाट ११ जना र धादिङ अस्पतालबाट १७ जना डिस्चार्ज भएका हुन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु