झापा,९ असार । विश्वभर हालसम्म कोरोना महामारीका कारण ४ लाख बढीको मृत्यु भएको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म कोरोना महामारीका कारण विश्वभर ४ लाख ७० हजार ७१६ जनाको मृत्यु भएको हो।
त्यस्तै यो समाचार तयार पार्दासम्म कोरोना भाइरस संक्रमितको संख्या ९० लाख ५७ हजार ५ सय ५५ पुगेको छ।
कोरोना महामारीबाट अमेरिका सबैभन्दा प्रभावित भएको छ । अमेरिकामा २३ लाख १० हजार ३ सय ३४ जना संक्रमित छन् भने कोरोनाकै कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २० हजार ३ सय ९४ पुगेको छ ।
कोरोना संक्रमणबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा ११ लाख ४ हजार बढी संक्रमित र ५१ हजार २ सय २८ जनाको मृत्यु भएको छ ।
रुसमा ५ लाख ९१ हजार ४ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको । कोरोनाकै कारण रुसमा ज्यान गुमाउनेहरुको संख्या ८ हजार १ सय ९६ छ ।
संक्रमित व्यक्तिहरुको आधारमा भारत चौथो स्थानमा छ । भारतमा ४ लाख २५ हजार बढी संक्रमित रहेको र १३ हजार ६ सय बढीको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।