तेह्रथुम,९ असार । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गास्थित तमोर नदीमा पौडी खेल्ने क्रममा दुई जना किशोर बेपत्ता भएका छन् ।
गत राति आठराई गाउँपालिका–५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ जुकेटारका १८ वर्षीय रन्जित शेर्पा तमोर नदीको प्याङ्गे दोभानमा डुबेर बेपत्ता भएका हुन् ।
स्थानीय ६ जना युवा तमोर नदी किनारमा रहेको आँप बगानमा आँप खान गएका थिए । आँप खाएर तमोर नदीमा पौडी खेल्न गएका ६ जनामध्ये दुई जना किशोर बेपत्ता भएको इलाका प्रहरी कार्यालय आठराई संक्रान्ति बजारका प्रहरी निरीक्षक शेषकराम थानदारले जानकारी दिए । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बेपत्ता किशोरहरुको खोजीका लागि छातेढुंगा र चुहानडाँडा प्रहरी चौकीबाट प्रहरी टोली खटिएको प्रहरी निरीक्षक थानदारले जानकारी दिए ।