adv

झापाको बिर्तामोडमा पहिलोपटक २ जनामा कोरोना संक्रमण पुष्टि

बिर्तामोड,९ असार । झापाको बिर्तामोडमा दुई जना युवामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । बिर्तामोड नगरपालिकामा कोरोना संक्रमण पहिलो पटक  पुष्टि भएको हो ।

संक्रमितहरु बिर्तामोड ५ का ३६ वर्षीय र ७ का  ४६ वर्षीय पुरुषहरु रहेको  सामाजिक बिकास मन्त्रालय प्रदेश १ ले जनाएको छ । उनीहरु भारतबाट आएर मेची आँखा अस्पतालको क्वारेन्टिनमा बस्दै आएका थिए   । उनीहरुको असार ७ गरे नमुना संकलन गरिएको थियो ।

यो संगै झापामा कोरोना संक्रमितको संख्या १९४ पुगेको छ । यो सँगै झापाका १५ वटै स्थानिय तहमा कोरोना संक्रमण फैलिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु