adv

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो,मंगलबार थपिए ५३८ जना

झापा,९ असार ।  नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।  मंगलबार  थप ५३८ जनामा कोरोना सक्रमण पुष्टि भए संगै देशभरी संक्रमितको संख्या १० हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १३, सप्तरीका २, सुनसरीका ३,मोरङका २, तेह्रथुमका २, सप्तरीका २०, महोत्तरीका १२, अछामका ७, अर्घाखाँचीका २, बागलुङका १४, बझाङका २२, बाजुराका २०, डढेल्धुराका ४, धादिङका १८, गोर्खाका २९, गुल्मीका ५, कैलालीका ३८, कञ्चनपुरका १७, कास्कीका ८, नवलपरासीका २२ र पर्वतका २२ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै प्यूठानका ५०, रौतहटका १३, रुपन्देहीका ३, सर्लाहीका २, सिराहाका ७, स्याङजाका २२, धनुषाका ३९, लमजुङका ५, तनहुँका ८, पाल्पाका ४८, दाङका १९, सल्यानका ४, सुर्खेतका २३, दैलेखका २२, हुम्लाका १ र कालिकोटमा १ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनीहरु मध्ये ४४८जना पुरुष र ९० जना महिला महिला छन् । नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ पुगेको छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप ७६ जना संक्रमित डिस्चार्ज भएका छन्। तीमध्ये ८ जना महिला र ६८ जना पुरुष छन्।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार २ सय २४ पुगेको छ। मृतक संख्या २४ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु