adv

झापामा मेचीनगरका थप ३ ,बुद्धशान्तिका ६ सहित हल्दिबारी र बिर्तामोडका १३ जनामा कोरोना संक्रमण पुष्टि

झापा,९ असार । झापामा आज मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थापा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिएका छन् ।

संक्रमित हुनेहरुमा मेचीनगरको ३ जना महिलाहरु रहेका छन् । उनीहरु मेचीनगर वडा न १,५ र ७ का ३३,३६ र ४० बर्षका रहेका छन् ।

संक्रमितहरु मध्ये २ जना कुवेतबाट आएका र १ महिला भारतको आसामबाट आएर मेचीनगर १० को अतिथि सदन भवनको क्वारेन्टिनमा बस्दै आएका थिए । मेचीनगरमा यो संगै कुल संक्रमित संख्या ८ पुगेको छ भने ३ जना निको भएर डिस्चार्ज भएका छन्

यस्तै आज नै झापाको बुद्धशान्ती गाउपलिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३ जना महिला कुबेतबाट आएका र ३ जना पुरुषहरु भारतबाट आएका हुन् उनीहरु बुद्धशान्तीको क्वारेन्टिनमा बसेका थिए ।

त्यस्तै बिर्तामोडमा २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमितहरु बिर्तामोड ५ का ३६ वर्षीय र ७ का  ४६ वर्षीय पुरुषहरु रहेका छन् । उनीहरु केहि दिन अघि भारतबाट आएका थिए ।

र  हल्दिबारी गाउँपालिकाको क्वारेन्टिनमा रहेका  २ जनामा पनि संक्रमण पुष्टि भएको छ  । उनीहरु कुवेतबाट फर्किएका हुन्। यो संगै झापामा कुल संक्रमित संख्या २०५ पुगेको छ । देशभरी १० हजार ९९ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु