adv
Advertise Expired !

सुनको मूल्य हालसम्मै उच्च प्रतितोला ९१ हजार १ सय रूंपैया कायम

झापा,१० बुधबार । बुधवार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम गरेको छ।

मंगलबार ९० हजार ६ सयमा कारोबार भएको सुन ५ सयले बढेर आज एतिहासिक रेकर्ड कायम गरेको हो।

सोमबार ९१ हजारमा पुगेर उच्च मूल्य कायम गरेको सुनको भाउ मंगलबार ४ सय रुपैयाँ घटेको थियो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ७ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। याे अघिल्लाे दिनकाे तुलनमा प्रतिताेला ५ रुपैयाँ महँगाे हाे।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु