adv

झापाको मेचीनगरमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि

काकरभिट्टा, १० असार । झापाको मेचीनगर नगरपालिकामा आज बुधबार एकै दिन १० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ ।

संक्रमितहरुमा मेचीनगरको वडा नं. १ का ३ जना, वडा नं. ५ का २ जना, वडा नं. ९ का २ जना, वडा नं. १० का १ जना र वडा नं. ११ का २ जना रहेका नगरको सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए ।

धरान स्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा हिजो राती गरिएको पिसिआर परिक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु मेचीनगर वडा नं. १० स्थीत राधास्वामीको क्वारेन्टिनका ८ जना पुरुष र मेचीनगर वडा नं. ११ को भानु आधारभुत बिद्यालयको क्वारेन्टिनका ७ बर्षका वालक र २५ बर्षका पुरुष रहेका छन ।

उनीहरुमध्ये ८ जना भारतको बैङलोर, चेन्नाई, मनिपुर, ऐकिन्द्रबाद लगायतका स्थानबाट आएर क्वारेन्टिनमा बसेका हुन् । उनीहरुमध्ये २ जना काठमाडौंबाट आएका मेचीनगर–१ का ६२ वर्षीय पुरुष र मेचीनगर–९ का २५ वर्षीय पुरुष रहेका छन् ।

योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु