झापा,१० असार नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्रै ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कुल संक्रमित संख्या १० हजार ७ सय २८ पुगेको हो। उनीहरुमध्ये ५१९ जना पुरुष र ११० जना महिला महिला रहेका छन्।
यस्तै नेपालको ७६ जिल्लामा कोरोना भाइरस संक्रमित फेला परेका छन् भने बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु झापाका ११, सुनसरीका १, मोरङका १, सप्तरीका ६, धनुषाका २०, महोत्तरीका १२, सर्लाहीका २१, अछामका २३, बैतडीका ४, बाजुराका ८, डोटीका ४८, कैलालीका १५१, कञ्चनपुरका ८६, पर्वतका २, रौतहटका ४४ रहेका छन्।
यस्तै धादिङका २, काठमाडौँका १, चितवनका १, तनहुँका १, नवलपरासीका ५, पाल्पाका १५, भक्तपुरका १, गोर्खाका ३, कास्कीका ९, बागलुङका ९, लमजुङका ५, पर्वतका १, स्याङजाका ७, गुल्मीका ५, कपिलवस्तुका १, रुपन्देहीका १, बाँकेका ९, बर्दियाका १, दाङका ७६, प्युठानका १०, जाजरकोटका १, सुर्खेतका १४, दैलेखका ४ र कालिकोटका १ जना संक्रमित थपिएका हुन्।
यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप १०४ जना संक्रमित डिसचार्ज भएका छन्। तीमध्य ८ जना महिला र १०६ जना पुरुष छन्।
योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ। तीमध्ये १९७ जना महिला र २ हजार १ सय ४१ जना पुरुष रहेका छन्। नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ छ।