झापा, ११ असार । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । आज बिहिबार पाटन अस्पतालमा थप एक जनाको मृत्यु भएसंगै मृतक संख्या २६ पुगेको हो ।
बिहीबार पाटन अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पताल स्राेतले जानकारी दिएको छ।
केही समय अगाडि मिर्गौला प्रत्यारोपण गरिएका उनलाई संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।
यस्तै बुधबार राती मात्रै पाेखरामा उपचाररत स्याङ्जाका ५५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएकाे थियो।