झापा,११ असार । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिकको विवरण अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३४ जना कोरोना संक्रमित थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन पुरुष तथा ललितपुरमा एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा धेरै पाल्पामा १२२ जना संक्रमित थपिएका छन् । यस्तै, कञ्चनपुरका ६० जना, रौतहटका ३८, दैलेखका १९, बझाङका १८, अछाम र सुर्खेत १३/१३ जना र डडेलधुराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, तनहुँ र धनुषाका ९/९ जना, बाजुरा र सप्तरीका ८/८ जना, प्युठान र रुपन्देही ७/७ जना, सुनसरी, बर्दिया र म्याग्दीका ६/६ जना, सर्लाही, महोत्तरी र नवलपरासीका ५/५ जना, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३/३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २/२ मा संक्रमण पुष्टि भएको छ ।
यसैगरी बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।