adv

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चाम्लिङ भाषालाई सरकारी कामकाजको भाषामा प्रयाेग गरिने

११ असार, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ देखि सरकारी कामकाजको भाषाको रुपमा चाम्लिङ भाषालाई प्रयोग गर्ने भएको छ । किरात राई (चाम्लिङ)हरुको वाहुल्यता रहेको सो नगरपालिकामा नगरको कामकाजको भाषाको रुपमा चाम्लिङ भाषालाई प्रयोग गर्नेे नीति तथा कार्यक्रम जारी गरिएको छ ।

सिंगो नगरपालिकामा चाम्लिङ भाषा प्रयोग गरिने छ भने वडा नं. १ र वडा नं. २ मा वम्बुले(राई) भाषालाई मान्यता दिईने छ । त्यसैगरी वडा नं. ३ मा तिलुङ(राई) भाषालाई मान्यता दिईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि नगरसभामा प्रस्तुत भएको ५२ करोड ७८ लाख १४ हजार रुपैँया बराबरको बजेट हिजोको नगरसभाबाट सर्वसम्मतिले पास भएको छ ।

क्रियाशिल राजनैतिक दल, विषयगत विज्ञ, नागरवासी, संघ–संस्था र सरोकारवलाहरूसँगको चरणबद्व छलफल र सुझावको आधारमा आर्थिक बर्ष २०७७/०७८ को वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख ईवन राईले बताउनुभयो ।

नगर प्रमुख राईले नगरसभामा पेश भएको बजेट, निति तथा कार्यक्रम सर्वसम्मतीले पास भएको भन्दै उप–प्रमुख, प्रमुख प्रशासकीय अघिकृत, विषयगत शाखा, नगर सभासदहरुमा सहित सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

आगामी आर्थिक बर्षका लागि प्रस्तुत बजेट, निति तथा कार्यक्रम हिजोको नगरसभाबाट पास भएसंगै आउदो श्रावण १ गतेबाट नगरपालिकाको लेटर हेडमा चाम्लिङ, वडा नं. १ र २ मा वम्बुले र वडा नं. ३ मा तिलुङ लिपी प्रयोग गरिनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु