adv

आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त भएका छन् ।

उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई उपाध्यक्षमा नियुक्ति गरेको हो ।

प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको समितिको सिफारिसमा घर्ती नियुक्त भएका हुन् । सो समितिमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगर थिए ।

सिफारिस समितिले घर्तीसहित अन्य दुई जनाको नाम सिफारिस गरेका थिए । प्रतिष्ठानको अध्यक्ष तथा प्रधानमन्त्री ओलीले घर्तीलाई नियुक्त गरेका हुन् । प्रतिष्ठानको कार्यकारी पद उपाध्यक्ष रहने व्यवस्था छ । उपाध्यक्षको कार्यकाल चार वर्षको रहने व्यवस्था छ ।

घर्ती तत्कालीन नेकपा एमाले संसदीय दलको सचेतक थिए । उनी पार्टीको आदिवासी जनजाति इञ्चार्ज पनि थिए । नागरिकखबरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु