adv
Advertise Expired !

माङसेबुङमा प्रधानमन्त्री राेजगार कार्यक्रम तीव्र रूपमा चल्दै

बालकृष्ण बस्नेत, माङसेबुङ । ईलामकाे माङसेबुङ गाउँ पालिकामा यस बर्स काे प्रधानमन्त्री राेजगार कार्यक्रम मार्फत९९ जनाले राेजगारी पाएका छन् । काेराेना सन्त्रासकाबीच जारि बन्दाबन्दीमा सामाजीक दुरि कायम गरि प्रधानमन्त्री राेजगार कार्यक्रम जेठ तेस्रो साताबाट सुरु भएकाे थियाे ।


साे कार्यक्रम अन्तर्गत गाेरेटाे, बाटाे, नाली मर्मत तथा सार्वजनिक स्थलमा काम गरिएकाे हाे । बाहीरबाट कामदार नल्याई स्थानीयलाई नै राेजगारि प्रदान गरि बिकास निर्माणमा काम गरिएकाे राेजगार संयाेजक दिपेश कुमार दासले जानकारि दिनुभयाे । ६ वटै वडाहरुमा तीव्र रुपले काम भईरहेकाे छ भने केही वडाहरमा अन्तिम चरणमा पुगेका दासले बताउनुभयाे ।


याे बर्ष ९९ जनाले राेजगार पाए । बन्दाबन्दीमा राेजगार गुमाएका साथै अति बिपन्नलाई राहात बितरण भन्दा राेजगार कार्यक्रम अन्तरर्गत्त सामजिक दुरी कायाम गरि काम दिने निर्णय अनुसार राेजगारी दिएकाे गाउँपालिकाका अध्यक्ष डिकेन्द् ईदिङ्गाेले बताउनुभयाे । जसअन्तर्गत गाउँपालिकाले अति बिपन्न तथा परिवार नै बेराेजगार भएकालाई प्रथामिकता दिएकाे छ ।

लकडाउनकाे समयमा काम पाउँदा कामदार निकै हर्सीत भएका छन् । प्रधानमन्त्री राेजगार कार्यक्रमका लागि गाउँपालिकालाई प्राप्त १० लाख बजेटबाट ७५ प्रतिशत श्रमिकलाई ज्याला दिइने र २५ प्रतिशत निर्माण तथा मजदुर सुरक्षा सामाग्रीमा खर्च गरिने कार्यविधिमा उल्लेख रहेकाे छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु