adv

प्रदेश न १ लगायत देशका अधिकांश स्थानमा भारी वर्षा हुने

काठमाडौँ ,१२ असार । देशभर सबै प्रदेशहरुमा शुक्रबारको मौसममा पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षा (Heavy Rain) हुने र केही स्थानमा धेरै भारी वर्षा (Very Heavy Rain) को समेत संभावना रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

प्रदेश १ र प्रदेश २ तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु