adv
Advertise Expired !

एकैदिन भारतमा चट्याड्ंका कारण १०७ जनाको ज्यान गयो

काठमाण्डौ,१२ असार। भारतमा चट्यांगका कारण एकै दिन १०७ जनाको ज्यान गएको छ । बिहारमा ८३ र उत्तर प्रदेशमा बिहीबार २४ जनाको चट्यांगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अझै पनि क्षतिको विवरण संकलन भइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बिहारको विपद प्रबन्ध विभागका मुख्य सचिव प्रत्यय अमृतलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

अबको तीन दिन बिहारका विभिन्न जिल्लामा भारी वर्षा हुने सम्भावना छ र अझै  केही दिन चट्यांगसहित वर्षाको सम्भावना रहेकाले सचेत हुन मौसम विभागले आग्रह गरेको छ ।

यस्तै उत्तर प्रदेशमा पनि ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताइएको छ । सो क्षेत्रमा पनि भारी वर्षासहित चट्यांग पर्न सक्ने भएकाले सावधान रहन भनिएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु