झापा,१३ असार । नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५५४ जना थपिएसंगै कुल संक्रमित संखय १२ हजार ३ सय ९ पुगेको हो ।
आज संक्रमितहरुमा १२० जना महिला र ४३४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
संक्रमितहरुमा उदयपुरका ७, इलामका ५ , मोरङ २ , धनुषाका ३ , महोत्तरीका ३० , पर्साका २, अछामका १३ , अर्घाखाँचीका १८ , बैतडीका २६, बझाङका ८ , बाजुराका ८६ , बाराका ८ , डडेलधुराका ८, डोटीका ७३, धादिङका ३ , गुल्मीका ८, जाजरकोटका १ , कैलालीका १४, कञ्चनपुरका ५, कपिलवस्तुका ८ , पर्साका १, रसुवाका ९, रौटहटका ३४, सल्यानका १३ , सर्लाहीका ६ र स्याङजाका २६ जना छन् ।
त्यसैगरी, चितवनका २ , नुवाकोटका ६ , मकवानपुरका २, बाराका ४ , पाँचथरका १ , काठमाडौँका ४, भक्तपुरका १ , नवलपरासी पूर्वका २, बाग्लुङका ८, पाल्पाका २६ , प्युठानका ४९, रुपन्देहीका ८ , बाँकेका २ , बर्दियाका ४ , दाङका ३१, रोल्पाका १ र सुर्खेतका ७ जना रहेका छन् ।
र नेपालका सबै वटा जिल्लाहरुमा कोरोना फैलिएको छ । आज शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् ।
त्यस्तै हालसम्म नेपालमा २८३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु मध्ये २४२ महिला र २५९२ पुरुष रहेका छन्।
गत चौबिस घण्टामा मात्रै १८ महिला र ११८ पुरुष गरी १३६ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ।