adv

इलाममा शनिबार एकैदिन थप ५ जनामा कोरोना संक्रमण पुष्टि

ईलाम,१३ असार ।  इलाममा आज शनिबार एकै दिन ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमध्ये ३ जना ओमन,१ जना साउदी र १ जना भारतबाट नेपाल आएका हुन् । भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टिनमा  रहेका २७ बर्षिय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० बर्षिय र २८ बर्षिय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षिय पुरुष र साउदी अरबबाट आएका सूर्योदय नगरपालिका–७ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।

उनीहरुको ५ दिन अघि स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको थियो । भारतबाट आएका बाहेक ४ जना कन्यामको कृष्णाश्रम क्वारेन्टिनमा रहेका थिए ।

उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा उपचारको लागि पठाइएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले बताए ।

आज थपिएका ५ जनासँगै इलाममा कोरोना संक्रमितको संख्या ७ जना पुगेका छन् । भने आज नै २ जना निको भएर डिस्चार्ज भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु