adv

मंगलबार ३१६ नयाँ संक्रमित थपिदा नेपालमा कुल कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

झापा,१६ असार।  नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका पछिल्लो २४ घन्टामा ७१ जना महिला र २४५ जना पुरुष गरि ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा सप्तरीका २५, सिरहाका १०, उदयपुरका २, झापाका ५, सुनसरीका २, संखुवासवाका ३, धनुषाका ३, रौटहटका ७, महोत्तरीका २९, अछामका २७, बाजुराका ५१, काठमाडौंका १२, स्याङ्जाका ४, गुल्मीका १, सिन्धुपाल्चोकका २, गोरखाका १, सर्लाहीका ८, भक्तपुरका १, बागलुङका १, डडेलधुराका ३, ललितपुरका १, अछामका १, बैतडीका ४, डोटीका १५, म्याग्दीका १, कास्कीका ९, लमजुङका ३, तनहुँका ६, अर्घाखाँचीका ७, पाल्पाका १८, सल्यानका २, दाङका २१, रुकुम पश्चिमका ८, बाँकेका १, दैलेखका ३, डोटी १५ र कैलालीका ५ जना रहेका छन् ।

यो संगै नेपालमा कुल कोरोना संक्रमित संख्या १३ हजार ५६४ पुगेको छ जसमा १६५७ महिला र ११ हजार ९०७ जना पुरुषहरु रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ९ महिला र ५१ पुरुष गरि ६० जना डिस्चार्ज भएका छन् ।यो संगै नेपालमा कुल निको हुनेको संख्या ३१९४ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु