झापा,१६ असार । झापामा आज मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका अनुसार महिला र ३ पुरुष गरि ५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा झापाको मेचीनगर नगरपालिकाका १ जना र कन्काई नगरपालिकाका २ महिला र २ पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए ।
मेचीनगरका संक्रमित वडा नं १ का २५ बर्षीय पुरुष रहेको सामाजिक विकास समिति मेचीनगर संयोजक नबिन बरालले जानकारी दिए ।उनि मेचीनगर वडा नं १ को पबित्र माविको क्वारेन्टिनमा रहेका थिए । उनि असार ४ गते भारतबाट आएका हुन् ।
यो संगै मेचीनगरमा मात्र संक्रमितको संख्या २० पुगेको छ । त्यस्तै झापामा कोरोना संक्रमितको संख्या २२९ पुगेको छ ।