adv
adv

प्रदेश २ का केही ठाउँमा मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै ,१७ असार । आज प्रदेश नम्बर २ को केही ठाउँमा ठूलो पानी पर्ने मौसमविदले बताएका छन् ।

प्रदेश २ का केही ठाउँमा मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए। मनसुन सक्रिय नै भए पनि आज र भोलि अरु ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना नरहेको उनले बताए ।

प्रदेश २ बाहेकका अरु ठाउँमा  सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सिदेखि भने पानी पर्ने क्रम केही बढ्न सक्ने मौसमविद पौडेलले बताए । आज दिउँसो काठमाण्डौ उपत्यकासहित अरु ठाउँमा छिनमै घाम लाग्ने, बादल लाग्ने र पानी पर्ने क्रम चलिरहने उनको भनाई छ ।

निरन्तर पानी परिरहेको बेलामा सानो पानीले पनि पहिरोको तथा बाढीको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु