adv
Advertise Expired !

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि

काठमाण्डाै,१७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मंगलबार राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ ।आजको नागरिक दैनिकबाट

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु