adv

झापामा मेचीनगरका थप ७ जनासहित २० जनामा कोरोना संक्रमण पुष्टि

 झापा,१७ असार । झापामा आज  बुधबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा मेचीनगरका ७, गौरादहका ७ जना, बुद्धशान्तीका ५, जना, र गौरीगञ्जका १ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए   ।

मेचीनगरमा पुष्टि भएकाहरुमा ६ महिला र एकजना १३ बर्षीय  बालक रहेको सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए । उनीहरु वडा नं ५ का ४ जना, वडा नं १० का २ जना, ११ का १ जना रहेका छन्  ।

संक्रमित सबै भारतबाट आएर धुलावारी स्थित अतिथि सदन भवनको क्वारेन्टिनमा रहेका थिए ।

यो संगै  मेचीनगरमा मात्र संक्रमितको संख्या २७ पुगेको । भने झापामा आज थप २० जनामा कोरोना पुष्टिहुँदा झापामा कुल संक्रमितको संख्या २४९ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु