adv

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

झापा,१७ असार । नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ।  बुधबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कुल संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमित हुनेमा झापाका २० , सिरहाका २, सनुसरीका १, इलामका २, मोरङका ३, ताप्लेजुङका १, धनुषाका २१, महोत्तरीका ३६, पर्साका १, अछामका ६०, बझाङका १८, बाजुराका ७, गोरखाका २, कैलालीका २७, कञ्चनपुरका १०, पर्वतका १, काठमाडौंका १०, गोरखाका १, चितवनका १२, नवलपरासी पूर्वका ११ र बाराका १ जना रहेका छन् ।

त्यसैगरी भक्तपुरका २, ललितपुरका ५, डोटीका ७, अछामका ६६, बाजुराका १८, डोटीका ११, बागलुङका ३, स्याङ्जाका ९, तनहुँका १, कास्कीका ३, लमजुङका १०, अर्घाखाँचीका १, गुल्मीका ८, नवलपरासीका १, पाल्पाका २, बाँकेका ११, बर्दियाका ११, दैलेखका २, कालिकोटका २, सल्यानका १५, सुर्खेतका २२, दाङका २, बाजुराका १८, जुम्लाका १ र बतैडीका १ जनामा संक्रमण देखिएको छ ।

 कुल कोरोना संक्रमितको सख्यां मध्ये १२ हजार २७२ पुरुष रहेका छन् भने एक हजार ७७४ महिला रहेका छन् ।

त्यस्तै निको हुनेको कुल संख्या हालसम्म ४ हजार ६५६ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १ हजार ६२ रहेको छ । भने ३० जनाको मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु