adv
adv

नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या १४ हजार ५१९ पुग्यो

झापा,१८ असार । नेपालमा आज बिहिबार थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रायलले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार पछिल्लाे २४ घण्टामा १०९ महिला र ३६४ पुरुषसहित ४७३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ४,मोरङका ६, झापाका १, सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५, डोटीका ५८, कैलालीका १६५, कञ्चनपुरका ३१, खोटाङका १, ललितपुरका २, चितवनका २, वर्दियाका १, भक्तपुरका २, दाङका २, धादिङका १,दोलखाका २,गोर्खाका १,काठमाडौँका २८ रहेका छन्।

यसका साथै काभ्रेका १, मकवानपुरका १,पाल्पाका १,रामेछापका १,रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १,सिन्धुपाल्चोकका ४, अर्घाखाँचीका २, नुवाकोटका १,रसुवाका १, बागलुङका १,पर्वतका २, तनहुँका ३,स्याङजाका २, कास्कीका १,लमजुङका १६, दाङका २, दैलेखका ३ तथा कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ।

त्यस्तै  डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म पाँच हजार ३२० पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६६४ रहेको छ ।

योसँगै हालसम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु