adv

मास्क प्रयोग नगर्नेलाई १०० रुपैँया जरिवाना

झापा,१८ असार  । बारामा आउदो असार १९ गतेदेखि मास्क प्रयोग नगर्ने र अटेरी गर्नेलाई १ सय रुपैया जरिवाना गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले  कोरोना भाईरस रोकथाम तथा यसलाई थप फैलिन नदिन जिल्लामा भोलि (शुक्रबार)देखि मास्क प्रयोग नगर्ने र अटेरी गर्नेलाई सँक्रामक रोग ऐन २०२० अनुसार एक सय रुपैया जरिवाना गर्ने भएको हो।

जिल्ला प्रशासन कार्यालय बाराले गत असार १६ गते नै एक स”चना जारी गरि आउदो १९ गते शुक्रबारदेखि मास्क प्रयोग नगर्ने र अटेरी गर्नेलाई एक सय रुपैया जरिवाना गर्ने बिपद ब्यावस्थापन समितिको बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

यस्तै स्वास्थय सुरक्षा तथा सर्तकता हामी सबैको सार्बजनिक सरोकार बिषय भएकोले १६,१७ र १८ गते स्थानीय तह,स्थानीय प्रहरीतथा स्थानीय उधोगा बाणिज्य सँघहरुले सचेतना अभियान सञ्चालन गर्ने सुचनामा उल्लेख छ।

यस्तै असार १ गतेदेखि लकडाउन खुकुलो भएसँगै जिल्लामा पसल ब्यावसाय सञ्चालन गर्ने ब्यावसायीहरुले अनिवार्य मास्क सेनिटाईजरको प्रयोग गर्नुपर्ने, पसलमा आउने ग्राहकहरुलाई मास्क लगाउने कार्यमा उत्प्रेरित गर्न तथा भिडभाड नगरि ब्यावसाय सञ्चालन गर्न सुचनामार्फत अनुरोध गरिएको छ।

शुक्रबारदेखि मास्क प्रयोग नगर्ने र अटेरी गर्नेलाई एक सय जरिवाना गर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेसँगै १६ गतेदेखि नै जिल्ला भरिमा सचेतना अभियान अन्र्तगत माईकिङ गर्ने कार्य भईरहेको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए।

शुक्रबारदेखि मास्क प्रयोग नगर्ने र अटेरी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा बुझाइने पनि मिश्रले बताए ।बारामा हालसम्म कोरोना भाईरसका कारण दुई जनाको ज्यान गएको छ। (देशसंचार बाट )

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु