काठमाण्डाै ,१८ असार । नेपालमा कोरोना भाइरस सङ्क्रमणको कारण ४९ दिनका शिशुको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका म्याग्दीको धौलागिरि नगरपालिका ४ का ४९ दिनका शिशुको कोरोनाकाे कारण मृत्यु भएको हो ।
गएकाे असार ९ गते अस्पताल भर्ना भएका शिशुलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको र उनकाे हिजो मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाकाे कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

