adv
adv

सुनको भाउ तोलामा रु ५०० घट्यो

काठमाडौं, १९ असार । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला ९१ हजारमा कारोबार भएकोमा आज तोलामा ५ सयले घटेको ले जनाएको छ । बुधबार पनि तोलामा ७ सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ५ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ६५ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपियाँले घटेको छ । आज चाँदी प्रतितोला ९४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु