adv
Advertise Expired !

दमक नगरपालिकाले सलह किरा समातेर ल्याउनेलाई पुरस्कार दिने

दमक,१९ असार । झापाको दमक नगरपालिकाले सलह किरा समातेर ल्याउनेलाई उचित पुरस्कारको दिने घोषणा गरेको छ ।

सलह किराबाट हुन सक्ने जोखिम नियन्त्रणका लागि  नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै उचित पुरस्कार दिने  घोषणा गरेको हो ।

त्यस्तै सलह किरा नियन्त्रण गर्न किराको हुललाई तितरबितर पार्ने गरि धुँवा लगाउने, तिखो आवाज आउने बाजा बजाउने , सलहमा धेरै प्रोटिन भएकाले त्यसलाई समातेर माछा पशुपंक्षीको आहराको रुपमा प्रयोग गर्ने लगायतका कार्य एकैसाथ अघि बढाएको दमक नगरपालिकाकी कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले आग्रह समेत गरेकी छन् ।

 नेपालमा केहि दिनदेखि फैलिएको सलह किरा  झापामा भने अहिलेसम्म कतैपनि देखिएको छैन  तर संभावित जोखिमका बारे वेलैमा उच्च सावधानी अपनाउन नगरपालिकाको कृषि शाखाले सवैसंग अनुरोध समेत गरेको छ ।

कृषि बालीमा क्षति पुरयाँउने सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु