adv
adv

शुक्रबार थप ७४० जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमित संख्या १५ हजार २५९ पुग्यो

झापा,१९ असार।   नेपालमा शुकाबर थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित  प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नवलपरासीका १९, पर्साका १, चितवनका १, रौटहटका २९, अछामका २३०, बैतडीका ४०, बाजुराका ४७, डोटीका २४, कञ्चनपुरका ४५, डडेलधुराका २८, बाजुराका ६, कैलालीका ५८, बागलुङका १ जना छन् । त्यस्तै पर्वतका ३, तनहुँ ९, कास्कीका २ , उदयपुरका ५, झापाका २८ , मोरङका ५, सिरहा २४, सप्तरी ८, धनुषाका १६, महोत्तरीका ६, पर्साका १, बझाङका १४, डोटी २३, कपिलवस्तुका ८, नवलपरासीका ९, सर्लाहीका १, सिन्धुपाल्चोकका १, पाल्पा १, सल्यानका ८, बर्दियाका १०, दैलेखका १२, दाङका ९, रोल्पा १, सुर्खेतका ६ र कालिकोट १ जना रहेका छन् ।

यो संगै देशमा कुल कोरोना संक्रमित संख्या १५ हजार २५९ पुगेको छ ।

त्यस्तै  पछिल्लो २४ घन्टामा ८ सय २३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

त्यसैगरी काठमाडौंको बानेश्वरका एक ८५ वर्षीय वृद्धको  मृत्यु भएको र मृत्युपछि भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उच्च रक्तचाप र पार्किन्सन बिरामीसमेत रहेका ती वृद्धको असार १७ गते म‌ृत्यु भएको मन्त्रालयले जनाएको छ। यो संगै  नेपालमा कोरोना संक्रमणका कारणमृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु