झापा,१९ असार । झापामा शुक्रबार एकैदिन थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार संक्रमितहरु मेचीनगर नगरपालिकाका १४ जना पुरुषहरु,अर्जुनधारा नगरपालिकाका २ जना महिलासहित ८ जना, हल्दिबारी गाउँपालिकाका ३ जना पुरुष, कनकाई नगरपालिकाका १ जना महिलासहित २ जना र बिर्तामोड नगरपालिकाकी १ महिला रहेका छन् ।
यो सँगै झापामा संक्रमित संख्या २ सय ७८ पुगेको छ ।