adv

नेपालमा कोरोना संक्रमितको सख्या १५ हजार ४९१ पुग्यो

झापा, २० असार । नेपालमा कोरोना संक्रमितको सख्या १५ हजार ४९१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए संगै कुल संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेहरुमा अछामका ३७, डडेलधुराका ३, डोटीका ३, गुल्मीका ९, कञ्चनपुरका ६, नवलपरासी पश्चिमका ४, पाल्पाका १६, प्युठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६, सिन्धुपाल्चोकका १२, मोरङका ६, सिरहाका २१, इलामका १, झापाका ५, सप्तरीका ३६, धनुषाका १५, चितवनका ६, नवलपरासी पूर्वका ७, बागलुङका ३ , म्याग्दीका ३, तनहुँका १, स्याङ्जाका १, पाल्पाका ३, प्युठानका २, बाँकेका ५, रोल्पाका २ र दैलेखमा १ जना रहेका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ हजार ४१५ पुगेको छ भने ३४ जनाको मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु